विराटनगर । स्वस्थ जीवनशैली र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि शनिबार आयोजित कोरा–२०२५ भव्य रुपमा सम्पन्न भएको छ ।
साइकल यात्राका माध्यमबाट युवाहरू माझ स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण र सहकार्यको सन्देश प्रवाह गर्न नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरले कोरा २०२५ आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरेका थिए । उनले साइक्लिङको माध्यमबाट कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
साइकल यात्राका सहभागीहरूले विभिन्न स्थानहरूको भ्रमण गर्दै स्थानीय जीवनशैली र प्राकृतिक सौन्दर्यको अनुभव आदान–प्रदान गरेका थिए ।
कोरामा विराटनगरमा साइक्लिङ गर्दै आएका युवा उद्यमी व्यवसायीदेखि इटहरी र धरानबाट समेत उल्लेख्य संख्यामा सहभागिता रहेको एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलले बताए ।
उनले आगामी दिनमा विराटनगरको साइक्लिङ क्षेत्रलाई अझ विस्तार गर्दै लैजाने तयारी रहेको जानकारी दिए ।
View : 483
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved