Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

रास्वपाले २० सिट जित्दा सवैभन्दा बढी मत र मतान्तरको रेकर्ड बनाइन् रुविनाले

उद्‌घोष संवाददाता
२३ फागुन २०८२, शनिवार

विराटनगर । देशभरमा २० सिट जितिसकेको राष्ट्रिय स्वतन्त पार्टीबाट मोरङको क्षेत्र नम्बर ६ मा निर्वाचित रुविना आचार्यले सवैभन्दा धेरै मत पाउने र सवैभन्दा बढी मतान्तरमा जित्ने रेकर्ड बनाएकी छन् । उनले ५५ हजार ५१३ मत प्राप्त गर्दै सवैभन्दा बढी मत पाउने उम्मेदवार भएकी छन् ।

उनले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई ४२ हजार ६६३ मतको मतान्तरले पराजित गर्दै अहिलेसम्म सवैभन्दा बढी मतान्तरले जित्ने रेकर्ड पनि बनाएकी हुन् ।

मोरङ–६ मा कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका हुन् । एमालेका नेता विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । 

रास्वपाले जितेका १९ सिटमा रुविनापछि धेरै मतान्तरले जित्नेमा सभापति रवि लामिछाने हुन् । रविले चितवन–२ मा केहिबेर अघि मात्रै ५४ हजार ४०२ मत प्राप्त गर्दै धेरै मत र मतान्तरले जित्ने दोस्रो रेकर्ड कायम गरेका छन् । उनको मतान्तर ३९ हजार ८३८ रहेको छ । 

तेस्रो धेरै मतान्तरमा काठमाडौं–९ मा रास्वपाका डोलप्रसाद अर्यालले जितेका छन् । उनको मतान्तर २९ हजार ६३३ रहेको छ । चौथो ठुलो मतान्तर भने मोरङ–४ को हो । यहाँ रास्वपाकै सन्तोष राजवंशी निर्वाचित भएका छन् । 

राजवंशीले २८ हजार १५ मतको मतान्तर पाएर निर्वाचित भएका हुन् ।

View : 143

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved