Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

उदयपुरमा घरायसी विवादमै श्रीमानद्वारा श्रीमतीको हत्या

उद्‌घोष संवाददाता
४ असोज २०८३, आइतवार

Advertisement

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ माडिबासस्थित डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीमाथि धारिलो हतियार (सिकल) प्रहार गर्दा उनको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँका अन्दाजी ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नी श्रीमती अन्दाजी ४५ वर्षीया बिमला राईमाथि सिकल प्रहार गरेका थिए ।

घटनामा गम्भीर घाइते भएकी बिमलालाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो । अस्थायी प्रहरी पोष्ट माडिबासबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको दुई जनाको टोलीले उनलाई उद्दा गरी अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उपचारकै क्रममा बिमलाको राति करिब १ः१५ बजे मृत्यु भएको हो ।

घटना भएपछि गन्दु राम राई आफैं अस्थायी प्रहरी पोष्ट माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरमा ल्याएको जनाएको छ ।

घटनाको कारण र विस्तृत अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियारलगायतका विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।

View : 119

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved