सेयर बजारमा पहिरो थामिएन
काठमाडौं । गत सातादेखि घट्न थालेको सेयर बजार कारोबारले बुधबार पनि सुधारको संकेत देखाएको छैन। परिसूचकसँगै कारोबार रकम घटेको छ ।
साताको चौथो दिन नेप्से १.९४ अंकले बढ्दै २८३२.०६ को विन्दुमा रहँदा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ।
कारोबार रकम तीन साता यताकै कम भएको हो। लगानी, लघुवित्त, र अन्यबाहेक सबै समूह घटेका छन् । लघुवित्त समूह १.४१ प्रतिशतले बढेको छ ।
१३८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने ११२ कम्पनीको बढेको छ । बढेकामध्ये वीन नेपाल लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लागेको छ । महुली लघुवित्त त ट्रेड टावर पनि ९.९९ प्रतिशतले सर्किटस्तरमा बढेका छन् ।
समाज लगुवित्तको सेयरमूल्य ७.९३ प्रतिशतले बढेको छ ।
उच्च कारोबार भएका ५ कम्पनीको सूचीमा ज्ञादी ग्रुप पहिलो भएको छ। उक्त कम्पनीको २९ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै हिमालयन रिइन्स्योरेन्सको २८ करोड २ लाख, शिवम् सिमेन्ट २४ करोड १९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर २३ करोड ८४ लाख र बलेफी हाइड्रोपावरको २३ करोड २० लाख रुपैयाँको कारोबार भएको छ।
यसअघि मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्दै २८३३.५७ विन्दुमा रहँदा कारोबार रकम ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ थियो ।
गत आइतबार १३ अर्ब ७ करोड ५० लाख र सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 404
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved