काठमाडौँ, १७ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा थोमस प्रिन्जले बुधबार साँझ यहाँ आयोजना गरेको स्वागत समारोहमा सहभागी भए।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत प्रिन्जले हालैको बाढीपहिरामा परी अमूल्य जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै जर्मन सरकार र जर्मनीका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहानुभूति एवं ऐक्यबद्धता प्रकट गरे ।
त्यसअघि दिवङ्गत भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको यसै वर्ष सम्पन्न जर्मनीको राजकीय भ्रमणले जर्मनी र नेपालबीचको सम्बन्धलाई अझ घनिभूत ल्याउने मद्दत मिलेको बताए ।
उनले दुई देशबीचको यो सम्बन्ध भविष्यमा अझ घनिभूत हुने विश्वास व्यक्त गरे ।
समारोहमा सांसद, नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका जर्मनीका नागरिक, जर्मनीसँग सम्बन्धित उद्योग–व्यवसायका प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । रासस
View : 316
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved