Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सरकारले हटायो टिकटकमाथिको प्रतिबन्ध

उद्घोष सम्वाददाता
६ भदौ २०८१, बिहिवार

Advertisement

विराटनगर । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको अघिल्लो सरकारले लगाएको चाइनिज सोसियल प्लेटफर्म टिकटक माथिको प्रतिबन्ध हटेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १० महिनापछि टिकटक माथिको प्रतिबन्ध हटाइदिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टिकटक माथिको प्रतिबन्ध हटाउने मन्त्रीस्तरीय निर्णय गरेका थिए । 

सञ्चार मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेको टिकटक माथिको प्रतिबन्ध हटाउने प्रस्तावमाथि निर्णय भएको जनाइएको छ ।

सबै प्रकारका सामाजिक सञ्जाललाई समान व्यवहार गर्ने गरी आवश्यक नीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन २४ मा सञ्चारमन्त्री गुरुङसहित नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका थिए ।

गत वर्ष कात्तिक २७ मा टिकटकमा प्रतिबन्ध लागेको थियो ।

View : 96

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved