Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशी प्रदेशमा सरकारको अदली–बदली: ६ महिनादेखि १९ दिनेसम्मका बने मन्त्री

उद्‌घोष सम्वाददाता
२० कार्तिक २०८०, सोमवार

विराटनगर, १९ कात्तिक : कोशी प्रदेशमा सबैभन्दा छोटो कार्यकालको मन्त्री भने एमालेका लिलाबल्लभ अधिकारी, निरन राई र सिर्जना राई बनेका छन् । उनीहरू १९ दिने मन्त्री भएका छन् । कोशी प्रदेशमा १० महिनाको अवधिमा २१ जनाले मन्त्री हुने अवसर पाएका छन् । यीमध्ये पाँच जना दुई पटक मन्त्री बनेका छन् । 

गत वर्षको पुस २५ गते पहिलो पटक हिक्मतकुमार कार्की मुख्यमन्त्री भएको सरकार प्रदेशमा बनेको थियो । उक्त सरकार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितको संयुक्त सरकार थियो ।  उक्त सरकारमा मन्त्री बनेका नेकपा माओवादी केन्द्रका जीवन आचार्य पछि उद्धव थापा मुख्यमन्त्री हुँदा पनि मन्त्री भए ।

आचार्य कार्कीको पालामा १७५ दिन र थापाको पालाको २४ दिन गरी १९९ दिन मन्त्री बने । अहिलेसम्म कोशी प्रदेशमा सबैभन्दा बढी मन्त्री बन्ने मौका भने नेकपा एमालेका तीलकुमार मेयाङ्बोले पाएका छन् । उनी एमालेकै हिक्मतकुमार कार्की मुख्यमन्त्री हुँदा पहिलो पटक १७९ र अर्को पटक ३७ दिन गरी जम्मा २१६ दिन मन्त्री बनेका छन् । 

त्यस्तै बुद्धिकुमार राजभण्डारी पहिलो पटक १७५ र दोस्रो पटक १९ दिन गरी १९४ दिन मन्त्री बनेका छन् । दोहोराएर मन्त्री बन्नेमा जनता समाजवादी पार्टीकी एकमात्र सांसद निर्मला लिम्बू पनि छिन् । उनी एमाले नेतृत्वको सरकारमा सुरुकै मितिमा मन्क्री नियुत्ति भइन् ।

पहिलो पटक २०७९ पुस २५ गते मन्त्री बनेकी लिम्बूले प्रदेशमा पहिचानको आन्दोलन छेडिन थालेपछि भने २०८० जेठ १७ गते राजीनामा दिएकी थिइन् । पछि उद्धव थापाको नेतृत्वको सरकारमा पनि लिम्बू २३ दिन मन्त्री भइन् ।  

नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री हुँदा २६ दिन मन्त्री भएका नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु केदार कार्कीको नेतृत्वको सरकारमा भर्खरै मन्क्री नियुत्त भएका छन् ।

कोशी प्रदेशमा सबैभन्दा छोटो कार्यकालको मन्त्री भने एमालेका लिलाबल्लभ अधिकारी, निरन राई र सिर्जना राई बनेका छन् । उनीहरू १९ दिने मन्त्री भएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसदबाट विश्वासको मत लिनुअघि नै गत असोज ८ गते उनीहरूलाई मन्क्री नियुत्त गरेका थिए । कार्कीले चार दिनपछि हुन गइरहेको नेकपा एमालेको प्रदेश अधिवेशनलाई प्रभावित गर्नेगरी मन्क्री नियुत्त गरेको चर्चा अझै पनि सेलाएको छैन । अधिवेशनमा विनोद ढकाललाई हराउन सबै प्रकारको तागत प्रयोग गरेको आरोप हिक्मतकुमार कार्कीलाई लागेको छ ।

यस्तै सभामुख पदबाट राजीनामा दिएका नेकपा माओवादीका बाबुराम गौतम ३५ दिन मन्त्री बनेका छन् । गौतमअघि ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरेका गयानन्द मण्डल २३ दिन मन्त्री भएका छन् । पछिल्लो पटक केदार कार्कीको सरकारमा मन्त्री भएका रामबहादुर मगरले २२ दिनमै राजीनामा दिएका छन् ।

एक महिनाभन्दा पनि कम समय मन्त्री हुनेहरूमा माओवादीका राजेन्द्र कार्की र कांग्रेस रामकुमार खत्री पनि पर्छन् । उनीहरू २४ दिन मन्त्री भएका छन् । कांग्रेसकै प्रदीपकुमार सुनवार २६ दिन मन्त्री भएका छन् । कोशी प्रदेशसभाका ९३ जना सदस्यमा एक चौथाइ सदस्यहरूले मन्त्री बन्ने मौका पाइसकेका छन् ।
 

View : 109

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved