विराटनगर । विराटनगर–१३ स्थित जेसी बाल सदन माविले विश्व वातावरण दिवसको अवसरमा सचेतना कार्यक्रम गरेको छ । ‘प्रकृतिलाई पोषण दिनुहोस्, जीवनलाई पोषण दिनुहोस्’ र ‘हाम्रो पृथ्वी हाम्रो भविश्य’ नाराका साथ विभिन्न प्लेकार्ड सहित विद्यार्थीले बिहीबार स्थानीय क्षेत्र परिक्रमा समेत गरेका थिए ।
सो अवसरमा केही विद्यार्थीले पृथ्वी मानवको मात्र होइन प्राणीको समेत हो भनेर जनाउन केही विद्यार्थीले विभिन्न जनावरको प्रतीक मुखुण्डो लगाएका थिए । विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलालको संयोजकत्वमा सो कार्यक्रम गरिएको थियो ।
View : 438
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved