Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

सखुवाको काँचो काठ तस्करी

उद्‌घोष संवाददाता
१७ भदौ २०८२, मङ्गलवार

सशस्त्रले नियन्त्रणमा लिएको गोलिया काठको भारीसहितको गाडी । तस्वीर : उद्घोष

झापा । सखुवाको काँचो गोलिया काठ इलामबाट झापातर्फ तस्करी हुने गरेको पाइएको छ । 

पछिल्लो पटक काँचो काठसहित सशस्त्र प्रहरीले गाडी समातेपछि वनको काठ तस्करी हुने गरेको खुलेको हो । स्रोतका अनुसार निजी जमिन वा सामुदायिक वनका सखुवा काटेर झापाका बजारहरूमा ल्याइने गरेको छ । 

शुक्रबार राति १० बजे झापाको अर्जुनधारा–२ बेल्टारस्थित घिमिरे चोकमा सुरक्षा वेश खुदुनाबारीका सुरक्षाकर्मीले गाडी रोकेका थिए । 

सखुवाको रूख नै तस्करी हुने गरेको सशस्त्र प्रहरी बलको अनुसन्धान ब्युरोले सूचना दिएर गाडी पक्राउ गराएको बताइएको छ ।

सशस्त्रको २ नम्बर गण हेडक्वाटर झापाका अनुसार लु १ च ६८४३ नम्बरको पिकअप भ्यानमा ५ वटा बोक्रासहितको सालको गोलिया भारी लगाइएको थियो । चालक  झापा अर्जुनधारा–३ का ३८ वर्षीय रबिन्द्र बुढाथोकी पनि पक्राउ परेका छन् । 

गाडी र चालकलाई कारवाहीका लागि डिभिजन वन कार्यालय सुरूङ्गामा बुझाइएको गणले जनाएको छ ।

सशस्त्रको ब्युरो स्रोतका अनुसार इलामको दक्षिणी क्षेत्रमा राति रूख कटान गरेर राति नै झापातर्फ ल्याइने गरेको सूचना पाएपछि निगरानीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । 

मध्य रातमा तराईका काठ मिलमा लगेर लुकाएर सुकाएपछि चिरान हुने गरेको छ । 

सखुवा तस्करीमा सामुदायिक वनका पदाधिकारी, वन कर्मचारी तथा वन रक्षक तथा सुरक्षा निकायको पनि मिलोमतो हुने सक्ने बताइएको छ ।

View : 541

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved