Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर न्यूरोमा महिलाको उपचारमा सहुलियत

उद्घोष सम्वाददाता
१८ फागुन २०८०, शुक्रवार

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले महिलाहरूको सम्मानमा निःशुल्क स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने भएको छ ।

अस्पतालले फागुन १८ देखि चैत १८ सम्म निःशुल्क स्त्री रोग तथा प्रसूति सेवा परामर्श तथा जाँचहरूमा छुटको व्यवस्था गरेको छ । त्यसैगरी महिलाहरूको लागि उपचारमा छुट प्रदान गर्ने जनाएको छ । 

अन्तर्राष्ट्रिय महिलादिवस विश्वभर मार्च ८ मा मनाउने गरिन्छ । ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी रहेको तथा महिलाकै नेतृत्वमा सञ्चालित न्यूरो अस्पतालले विगत सात बर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिँदै आएको छुटको सुविधालाई यसपटक पनि निरन्तरता दिएको अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले बताइन् ।

बहुआयामिक सेवाप्रदान गर्दै आएको अस्पतालले ६ तल्लाको नयाा भवनसहित नयाा एमआरआई मेसिन जडान गर्दे सुपरस्पेशियालिटी सेवाहरु दिंदै आएको छ । 

अस्पतालले बिराटनगर महानगरपालिका वडा नं ८ र १० का सम्पुर्ण बासिन्दाहरुको लागि स्वास्थ्य सेवालाई सर्वसुलभ बनाएको दाबी गरेको छ । 

वडाबासीहरुले न्युरो अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरुमा १५५ सम्म छुट पाउने जनाइएकोछ  । त्यसैगरी निःशुल्क एम्बुलेन्स सेवा तथा वडाको आग्रहमा निःशुल्क स्वास्थ्य शिविर गर्ने सम्झौता समेत सम्पन्न भएको छ । 

न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई तथा विराटनगर महानगरपालिका वडा नं ८ र १० वडाध्यक्षहरु राम पोखरेल तथा अर्जुन गिरीबीच सम्झौता सम्पन्न भएको हो । 

आम सेवाग्राही माझ स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन विराटनगर महानगरपालिकाका अन्य वडाहरुसाग पनि यस्तै प्रकारको सम्झौता गर्ने योजना रहेको अपरेशनल डाइरेक्टर राजेश भट्टराइले जानकारी दिए ।

View : 244

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved