Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा महिला नेतृत्व सम्मेलन हुँदै

उद्‌घोष संवाददाता
१८ वैशाख २०८३, शुक्रवार

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिको आयोजनामा महिला नेतृत्व विकास र उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेर सीएनआई महिला नेतृत्व सम्मेलन आयोजना गरिने भएको छ । 

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा विराटनगर महानगरपालिकासँगको सहकार्यमा बैशाख २१ गते विराटनगरमा सम्मेलन हुन लागेको हो । 

‘दिगो समृद्धितर्फ ः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनको तयारी तिब्र पारिएको जनाइएको छ ।

परिसंघको महिला नेतृत्व फोरम काठमाडौं र परिसंघ कोशी प्रदेश समिति अन्तरगतको महिला उद्यम समितिले सम्मेलन आयोजना लागेको सम्मेलनकी संयोजक एवं परिसंघ कोशीकी उपाध्यक्ष गिरिजा सारडाले बताइन् । 

उनले उद्यमशीलताको विकासमा सहयोग गर्ने र महिलालाई रोजगारी सिर्जना गर्ने शक्तिका रूपमा स्थापित गर्ने मुख्य लक्ष्य लिएको जानकारी दिइन् ।

सम्मेलनमा कोशी प्रदेशका विभिन्न क्षेत्रका पाँचसय महिला उद्यमीहरूको सहभागिता रहने जनाइएको छ । उद्घाटन भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम रहेको नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले जानकारी दिए ।

सम्मेलनमा उद्योग व्यवसाय, बैंकिङ, निजी तथा सार्वजनिक क्षेत्रबाट समेत उपस्थिति रहने जनाइएको छ । 

सम्मेलनका महिला उद्यमीहरूको प्रेरणादायी सफलता कथाको प्रस्तुति, डिजिटल नवप्रवर्तनसम्बन्धी अन्तरक्रिया, स्वदेशी वस्तुहरूको प्रदर्शनी तथा उद्यमी, नीति निर्माता र विकास साझेदारबीच नेटवर्किङ कार्यक्रम रहने परिसंघ महिला उद्यम समितिकी संयोजक रचना राठीले जानकारी दिइन् ।

परिसंघले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका रूपमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन र रोजगारी सिर्जनामा सरकारसँग सहकार्य गर्दै आएको जनाइएको छ ।

View : 147

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved