सुनसरी । पूर्वपश्चिम राजमार्गस्थित इटहरीको बालग्राम चोकमा आइतबार दिउँसो गुडिरहेका दुईवटा सवारी साधनले चेपिएर दम्पतीको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकलमा सवार संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनीहरूलाई विपरीत दिशाबाट गुडिरहेका म्याजिक भ्यान र टिप्पर एकआपसमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल बीचमा चेपिएर दुर्घटना भएको थियो ।
चेपिएर गम्भीर घाइते भएका गुरुङ दम्पतीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले दुर्घटनास्थल नजिकका सिसी क्यामेराको सहयोगमा घटनाको अनुसन्धान अघि बढाएको जनाइएको छ ।
View : 42
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved