विराटनगर । सरकारविरुद्धको आन्दोलन चर्किएपछि भारत भागेकी बङ्गलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना विरुद्ध भारतको एउटा अदालतमा हत्या आरोपमा मुद्दा दायर भएको छ ।
राजधानी ढाकाको मोहम्मदपुर इलाकामा जुलाई १९ मा एउटा किराना पसलका मालिक अबु सईदको प्रहरीले गोली हानी हत्या गरेपछि त्यो हत्याको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिना र अन्य ६ जनालाई अभियुक्त बनाएर मुद्दा दायर भएको बंगलादेशको द डेली स्टारले उल्लेख गरेको छ ।
मोहम्मदपुरका बासिन्दा र पीडितका शुभचिन्तक अमीर हम्जा शातिलले शेख हसिना र अन्य विरुद्ध ढाका महानगरीय मजिस्ट्रेट राजेश चौधरीको अदालतमा मुद्दा दायर गरेका हुन् ।
अदालतमा पेश गरिएका कागजातहरू जाँच गरेपछि न्यायाधीशले मोहम्मदपुर प्रहरी चौकीका अधिकृतलाई पहिलो सूचना रिपोर्ट (एफआईआर) को रूपमा उजुरी दर्ता गर्न आदेश दिएको उल्लेख छ ।
उक्त आरोपमा अवामी लिगका महासचिव ओबैदुल कादरसहित हसिना सरकारका गृहमन्त्री असदुज्जमान खान कमल, पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्ला अल–मामुन, पूर्व डीबी प्रमुख हारुन ओर रशीद, पूर्व डीएमपी आयुक्त हबिबुर रहमान र पूर्व डीएमफी संयुक्त आयुक्त विप्लव कुमार सरकार पनि अभियुक्त बनाइएको जनाइएको छ ।
यस मुद्दामा धेरै अज्ञात उच्च प्रहरी अधिकारी र सरकारी अधिकारीहरूलाई पनि अभियुक्त बनाइएको एकजना अधिवक्ता मोमुन मियालाई उदृत गर्दै द डेली स्टारले लेखेको छ ।
शेख हसिना गत अगस्ट ५ मा भारत भागेपछि उनी विरुद्धको यो पहिलो मुद्दा दर्ता भएको हो ।
कोटा विरुद्धको आन्दोलनका क्रममा ढाका प्रहरीले विद्यार्थी र सर्वसाधारणमाथि अन्धाधुन्ध गोली चलाउँदा साउन १९ गते साँझ ४ बजे अबु सइदको मृत्यु भएको उजुरीमा उल्लेख गरिएको छ ।
View : 150
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved