स्नातकोत्तर तह वनस्पतिशास्त्र विषयमा उत्कृष्ट अंक ल्याउने रुविना राईलाई सम्मान गर्दै प्रा कृष्ण पोखरेल साथमा क्याम्पस प्रमुख ढकबहादुर मगर । तस्वीर: उद्घोष
विराटनगर । डिग्री क्याम्पस विराटनगरले आफ्नो ३७ औं वार्षिकोत्सव सम्मान, पुरस्कार वितरणलगायत विविध कार्यक्रम गरी मनाइएको छ ।
बिहीबार आयोजित कार्यत्रममा क्याम्पसका पूर्व प्रमुख एवम् लोकसेवा आयोगका पूर्व सदस्य कृष्ण पोखरेलले पढ्दै काम गर्ने वातावरण नभएकोले नेपाली विद्यार्थी विदेश पलायन भैरहेको बताए । उनले विदेशमा विद्यार्थीले पढ्दै काम गर्न सक्ने वातावरण भएको उल्लेख गर्दै अब स्वदेशमुखी शिक्षा पद्धति हुनुपर्नेमा जोड दिए ।
वार्षिकोत्सवको अवसरमा हालै अवकाश प्राप्त प्राध्यापक डा दामोदर थापा क्षेत्री र कर्मचारी राजकुमार परियारलाई सम्मान तथा विदाई गरिएको थियो ।
यस्तै स्नातकोत्तर तहको विभिन्न विषयमा उत्कृष्ट अक्षरांक (जीपीए) ल्याउने विद्यार्थीलाई पुरस्कृत एवम् स्ववियु कप खेलकुदमा विजयी विद्यार्थीलाई शिल्ड तथा कप वितरण गरिएको थियो । स्ववियु सभापति निर्मलप्रसाद गजुरेलको नेतृत्वले विजयी खेलाडीलाई कप वितरण गरिएको हो ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरु डा शम्भु कोइराला, डा मनोज राउत, प्राडा खगेन्द्र आचार्य, डा हरिहर भण्डारी, बल्लभ पौडेल, मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरण, त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख सहपरीक्षा नियन्त्रक डा डिल्लीराम प्रसाईं, डा विमल श्रीवास्तव, कर्मचारी प्रदीप केसी लगायतले मन्तव्य राख्दै डिग्री क्याम्पसलाई उचाइमा लैजानका लागि अझ प्रयास गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा सहायक प्रमुखद्वय छत्रमणि गुरागाई र मिलन खरेलले उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
View : 1200
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved