Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

परिसंघद्वारा बुढीगंगा गाउँपालिकालाई कम्बल हस्तान्तरण

उद्‌घोष संवाददाता
२९ पुष २०८२, मङ्गलवार

Advertisement

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले आफ्नो सामाजिक उत्तरदायित्वस्वरुप मोरङको बुढीगंगा गाउँपालिकालाई ५० थान कम्बल हस्तान्तरण गरेको छ ।

तराईमा बढिरहेको शीतलहर र जाडोको समयमा सीमान्त वर्गका नागरिकहरूलाई न्यानो कम्बल सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले आग्रह गरेपछि परिसंघले सोमबार हस्तान्तरण गरेको जनाइएको छ ।

जाडोयाममा विपन्न तथा असहाय नागरिकहरूलाई शीतलहरबाट बचाउन सहयोग पुगोस् भन्ने उद्देश्यले पालिकालाई कम्बल उपलब्ध गराइएको परिसंघका महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।

बुढीगंगा गाउँपालिकाका प्रतिनिधिहरूले परिसंघको सहयोगप्रति धन्यवाद दिंदै लक्षित वर्गलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

View : 311

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved