सुनसरी । सुनसरीमा गोली प्रहार गरी ५ लाख रुपैयाँभन्दा बढी रकम लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीले लुटपाटमा संगलग्न सप्तरी हनुमान कंकालिनी–३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र सुनसरी भोक्राहा नरसिंह–४ का ३६ वर्षीय उमेश मुखियालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको एउटा मोटरसाइकल र नगद १ लाख २ हजार रुपैयाँ समेत बरामद गरेको छ ।
उनीहरूले गत बुधबार दिउँसो इनरुवा–९ स्थित नहरको डिलमा सुनसरी हरिनगर–२ का ६१ वर्षीय साहिरा मियाँ र उनकी नाति आसिफ अन्सारी माथि गोली प्रहार गरी ५ लाख ३५ हजार रुपैयाँ लुटपाट गरेका थिए ।
जग्गा बिक्री गरेर ५ लाख ३५ हजार रुपैयाँ लिएर घर फर्किरहेका उनीहरूको साथबाट लुटिएको १ लाख २ हजार रुपैयाँ मात्र बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । लुटपाटमा संलग्न अन्य एक जनाको पहिचान भइसकेको र बाँकी रकम समेत चाँडै बरामद गरिने भण्डारीले जानकारी दिए ।
View : 245
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved