विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले बुधबार सपथग्रहण गरि पदभार ग्रहण गरेका छन् ।
मंसिर १६ गते भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदारलाइ हराउँदै माझी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
माझीलाई बुधबार मोरङका जिल्ला न्यायाधीश उद्धव प्रसाद भट्टराईले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।
पदभार ग्रहण उनले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।
View : 111
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved