Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

सल्लाको रुख ढालेर पहिचानको माग सम्बोधन हुँदैनः ओली

उद्‌घोष संवाददाता
३० मंसिर २०८०, शनिवार

Advertisement

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको माग बाटोमा रुख ढालेर समाधान नहुने बताएका छन् ।

तेह्रथुमको म्याङलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले वार्ता, छलफलबाट समाधान खोजिनु पर्ने पहिचानको मुद्दा बाटोमा ढुंगा लगाएर, सल्लोको रुख ढालेर सम्बोधन नहुने बताए ।

‘बाटाको ढुंगा मुढाले, बाटाका विरोध प्रदर्शनले, बाटाका व्यवधानले, बाटाका सल्लाको रुख ढालेर, बाटाको सल्लाको रुखले समस्याको समाधान हुँदैन’ ओलीले भने, ‘सल्लाको रुख उभिँदा समस्या भएको हो र त्यसको समाधान रुख ढालेर हुन्छ र ? बाटो अवरोध गर्ने, सल्लाको रुख ढाल्ने काम नचाहिने कुरा हो ।’

आफूहरू आफ्नो यात्रामा समृद्ध नेपाल सुखी नेपालीको अभियानमा हिँडेकोले यो कसैको विरुद्ध नभएको ओलीले स्पष्ट पारे ।

हाम्रो देशको पक्षमा, जनताको पक्षमा आफूहरू हिँडेको बताएका ओलीले आफ्नो विरुद्धमा लागेकाहरुले पनि यो अभियानबाट प्रतिफल पाउने बताए ।

‘हामीले जेलनेल भोगेको, हामीले बलिदान दिएको, हामीले दुख कष्ट गरेको हाम्रो लागि हैन, उहाँहरूको निम्ति हो’ ओलीले भने, ‘यो अभियानको बारेमा सबैले बुझ्नु राम्रो हुन्छ भन्ने मेरो आग्रह हो ।’

View : 520

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved