सुनसरी । सिराहाको सहलेस क्लबले अन्तर्राष्टिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मोरङको सुन्दरहरैचास्थित गछिया बजारको मैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा सहलेशले बेलबारी फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सहलेसलाई जिताउन रोमन भुजेलले गोल गरे । देबेन्द्र तामाङ, शिशिर लेखीका साथ विदेशी खेलाडी अबोयामी फकुन्ले लिएर मैदान उत्रिएको सहलेसका लागि खेलको ५५ औं मिनेटमा भुजेलले गरेको गोलनै निर्णायक बन्यो ।
सहलेस अघिल्लो चरणको यात्रा तय गराउन निर्णायक गोल गरेका भुजेल खेलको उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार १ सय रुपैयाँ हात पार्न सफल भए ।
सोमबार हुने दोस्रो क्वाटरफाइनल खेलमा आयोजक गछिया युवा समाजले पाहुना टोली लेजेन्ड फुटबल क्लब पश्चिम बङ्गाल भारतको सामना गर्नेछ ।
‘लागुऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आह्वान, स्वस्थ्य रहन खेलकुदमा ध्यान’ भन्ने नारासहित सुरु भएको गोल्डकप मंसिर २२ गतेसम्म चल्नेछ ।
बिजेता टोलीले २ लाख १ हजार र उपबिजेताले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउने गोल्डकपमा एक भारतीयसहित ८ टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र बिधागत उत्कृष्ट हुने खेलाडीले जनही ११ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
View : 74
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved