विराटनगर : संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी भएर २४ दिन पछि विराटनगरका मेयर नागेश कोइराला विराटनगर आइपुगेका छन् ।
असोज १० गते अमेरिका गएका उनी कार्तिक ४ गते विराटनगर आइपुगेका हुन् । ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी समिनारमा मेयर कोइरालाले सहभागिता जनाएका हुन् ।
टेक्सासमा भएको सेमिनारमा सहभागी भएर मेयरकोइरालाले विभिन्न महानगरका मेयर, सीनेटरहरुसँग विकास र साझेदारीको विषयमा छलफल गरेका थिए ।
अमेरिकाको न्यूयोर्क महानगरसँग भगीनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दिर्घकालिन समस्याका रुपमा रहेका बाढी, डुवान, सुकुम्वासी, सडक निर्माण र फोहर व्यावस्थापनमा सहकार्य हुने विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले बताएका छन् ।
अमेरिकाका विभिन्न महानगरका मेयरहरुसँग तीन तीन महिनामा इन्टरनेटमार्फत बैठक समेत गर्ने सहमति भएको छ । ती बैठकहरुबाट सहयोग आदान प्रदान हुने मेयर कोइरालाले बताएका हुन् ।
अहिले महानगर पालिकाको कार्यालय र वडाहरुबाट प्रवाह भइरहेको सेवा लिन अहिले सेवाग्राहीहरु भौतिक रुपमा नै उपस्थित हुनु पर्ने बाध्यता रहेको बताए । तर न्यूयोर्कमा दिनभरि कार्यालयमा कुनैपनि सेवाग्राही नै नभेटिने गरी उनीहरुले सम्पूर्ण सेवाहरु इन्टरनेटमार्फत उपलब्ध गराएको अनुभव सुनाए ।
त्यो पद्धतीमा विराटनगर महानगरलाई पनि लान सकिन्छ कि भनेर पनि छलफल भएको मेयर कोइरालाले बताए । न्यूयोर्कका मेयर एडम्स विराटनगरको भ्रमणमा आएपछि दुबै महानगरबिच भगीनी सम्बन्धमा हस्ताक्षर भएपछि साझा समस्याहरुमा समाधानका लागि कसरी अघि बढ्ने तय हुने कोइरालाले जानकारी दिए ।
फोहर ब्यावस्थापनका लागि बोस्टनमा बनेको प्लान्ट हाम्रा लागि सुविधाजनक हुनसक्ने बताए । तर त्यहा त्यो प्लान्ट ४ विलियन डलरमा बनेकोले हामीले त्यति खर्च गर्न नसकेपनि त्यस्तै सानो प्लान्ट लगाएर काम गर्न सक्ने बताए ।
त्यहाँ प्लान्ट जडान गर्ने प्राविधिकहरु आएर विराटनगर महानगरको सर्वेक्षण गरेपछि त्यसपछि डिपिआरको काम अघि बढ्ने आश्वासन दिए । ‘प्रोसेसिङ एउटा पाटो हुँदोरैछ भने फोहरलाई प्लान्टसम्म पुर्याउने च्यानल निर्माण गर्नु अर्काे पाटो भएकाले विज्ञहरुको टोलीलाई निम्तो दिएको छु’ मेयर कोइरालाले भने, ‘उहाँहरु आउनुहुन्छ ।’
View : 187
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved