Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा प्राडा कल्याणी मिश्र त्रिपाठी नियुक्त

उद्‌घोष संवाददाता
३० जेठ २०८२, शुक्रवार

Advertisement

विराटनगर ।  प्राडा कल्याणी मिश्र त्रिपाठी पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रार पदमा नियुक्त भएकी छन् । प्रधानमन्त्रीबाट चार वर्षको कार्यकालका लागि नियुक्त भएकी त्रिपाठीलाई विश्वविद्यालय परिवार तथा शुभचिन्तकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

पूर्वाञ्चल विश्वविद्यालयमा रजिष्ट्रार र सेवा आयोग अध्यक्ष दुई महत्वपूर्ण पद रिक्त थिए। रजिष्ट्रार नीलमणि पोखरेलको कार्यकाल वैशाख अन्तिम साता सकिएको थियो भने सेवा आयोग अध्यक्ष महेशराज दाहालको कार्यकाल चैत तेस्रो साता नै समाप्त भएको थियो।

विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने रजिष्ट्रार पदमा प्राडा त्रिपाठीको नियुक्तिले विश्वविद्यालयको कार्यप्रवाहलाई गति दिने विश्वास गरिएको छ।

View : 1421

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved