Biratnagar, Morang, Nepal
१३ मंसिर २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

विराटनगरमा प्रारम्भिक बालशिक्षा सम्मेलन

उद्‌घोष संवाददाता
१३ मंसिर २०८३, आइतवार

विराटनगर । प्रारम्भिक बाल शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी विषयक कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलन सुरु भएको छ । 

शनिबार विराटनगरस्थित होटल स्वागतममा कोशी प्रदेश सामाजिक विकासमन्त्री गीता तिम्सिनाले सम्मेलनको उदघाटन गरिन् । 

कोशी प्रदेशका निजी तथा सामुदायिक विद्यालयका चार सय भन्दा बढी शिक्षक, शिक्षिका सहभागी कार्यक्रमलाई संवोधन गर्दै मन्त्री तिम्सिनाले शैक्षिक सुधारका लागि तीनै तहका सरकारको भूमिका आवश्यक पर्ने बताइन्  ।

रातो बंगला फाउण्डेसनको आयोजना तथा एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरको व्यवस्थापनमा सुरु भएको सम्मेलनमा प्रमुख वक्ता शान्ता दीक्षितले गुणस्तरी प्रारम्भिक बालशिक्षा किन भन्ने विषयमा प्रस्तुति प्रस्तुत
गरिन् । 

यस्तै प्रारम्भिक बाल शिक्षाको वर्तमान अवस्थाका विषयमा रातो बंगला स्कुलकी प्रधानाध्यापक मिलन दीक्षित, प्रारम्भिक बाल शिक्षाविज्ञ मीनाक्षी दाहाल, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश उपसचिव लक्ष्मी न्यौपाने र पाठ्यक्रम विकास केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरेसँग प्यानल छलफल चलाइएको थियो ।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरी, प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुको सहभागिता थियो । 

आइतबार एभरेष्ट कलेज परिसरमा बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा  प्रारम्भिक बाल शिक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने छ । 

व्यवस्थापकीय भूमिका निर्वाह गरेको एभरेष्ट स्कुलका प्राचार्य टीकाराम पुरीले सम्मेलनले शिक्षण सिकाइमा एकरुपता ल्याउन तथा प्रभावकारी सिकाइमा सहयोग पु¥याउने विश्वास ब्यक्त गरे । 

निजी तथा सामुदायिक सबै विद्यालयका शिक्षकहरु एक ठाउँमा बसेर गरिने यो सम्मेलनले प्रारम्भिक बाल शिक्षाको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।

View : 8

१३ मंसिर २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved