काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट छ । नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ को विन्दुमा रहँदा ६ अर्ब ६ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सबै उपसमूहका सूचक घट्दा बजार नबढेको हो। विकास बैंक सर्वाधिक १.५९ प्रतिशतले घटेको छ । जलविद्युत १.४७, लघुवित्त १.३८ र फाइनान्स १.३० प्रतिशतले घटेका छन् ।
२१ कम्पनीको सेयरमूल्य बढेको छ भने २२८ कम्पनीको घटेको छ ।
घटेकामध्ये ग्लोबल आइएमई समुन्नत योजना–२ का लगानीकर्ता बढी नोक्सानमा छन् ।
उक्त योजनाको इकाइ मूल्य घटेर नेगेटिभ सर्किट लागेको छ । प्रभु स्मार्ट फण्ड ७.८८ र सिटिजन्स म्युचुअल फण्ड–२ को मूल्य ७.६९ प्रतिशतले घटेको छ ।
बढेकामध्ये उन्नति सहकार्य लघुवित्तको सेयरमा ६.७७ प्रतिशतको बढोत्तरी छ। आशा लघुवित्तको सेयरमूल्य ४.१६ प्रतिशतले बढेको छ ।
सर्वाधिक कारोबार हुने ५ कम्पनीमा नेपाल रिइन्स्योरेन्स पहिलो नम्बरमा छ। उक्त कम्पनीको ४५ करोड ४६ लाखको सेयर किनबेच भएको छ ।
यस्तै हिमालयन रिइन्स्योरेन्सको २८ करोड ८८ लाख, हिमालयन डिष्टिलरीको २६ करोड ३३ लाख, नेपाल रिपब्लिक मिडियाको २१ करोड २ लाख र पिपुल्स पावरको १८ करोड ३९ लाखको कारोबार भएको छ ।
यसअघि गत बिहीबार बिहीबार नेप्से ३८.१० अंकले घटेर २७८१ विन्दुमा रहँदा ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 305
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved