विराटनगर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मोरङले मधेस आन्दोलनका शहीद परिवारलाई लत्ताकपडा वितरण गरेको छ ।
२०७२ को मधेस आन्दोलनमा शहीद भएका मोरङका द्रौपतिदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेवको परिवारलाई घरैमा पुगेर लत्ता कपडा वितरण गरेको लोसपाका केन्द्रीय सचिव एवं मोरङ अध्यक्ष मो.कादिरले जानकारी दिए ।
कार्यक्रममा लोसपा मोरङका केन्द्रीय सदस्य राजु मण्डल, मजेवुल रहमान, फिरोज मन्सुर तथा जिल्ला सदस्य कालवीर राजवंशी, अवु तलालगायतको उपस्थिति रहेको जनाइएको छ ।
View : 311
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved