Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

भोजपुरको याङपाङमा प्रहरी चौकी स्थापना

उद्‌घोष संवाददाता
३० फागुन २०८०, बुधवार

Advertisement

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका–१ याङपाङमा स्थापना भएको अस्थायी प्रहरी चौकीको मंगलबार उद्घाटन गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकाल, कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्र कुँवेर खापुङ र गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले एकसाथ रिवन काटेर प्रहरी चौकीको उद्घाटन गरेका हुन् ।

यसअघि याङपाङमा प्रहरी चौकी नजिकै नहुँदा कुनै पनि घटनाहरू हुँदा तथा सामाजिक दुर्व्यवहार हुँदा प्रहरीहरू प्याउलीबाट आउनुपर्ने बाध्यता थियो भने स्थानीयले प्रहरी चौकी स्थापनाका लागि पटक–पटक सरोकारवालाहरूसँग माग राख्दै आएका थिए ।

सो गाउँपालिका क्षेत्रभरी शान्ति सुरक्षा, हत्या, हिंसा, चोरी डकैतीलगायत गैर संवैधानिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताए ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जिल्लाभरिको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउने क्रममा जिल्लाका विभिन्न क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने क्रममा स्थानीयको माग अनुसार याङपाङमा पनि प्रहरी चौकी स्थापना गरेको बताए ।

View : 807

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved