काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा केहीबेर अगाडि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि –२०८२’ पारित गरेको छ ।
पुस २७ गते आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले केहिबेर अघि कार्यविधि पारित गरेको हो ।
बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश-बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।
कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम समेत निरन्तर चलिरहेको जनाइएको छ ।
आइतबारदेखि सुरु भएको महाधिवेशनमा आइतबार मात्रै २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराइसकेको जनाइएको छ ।
कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)बाट १७८ र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराइसकेका छन् ।
View : 163
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved