Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित

उद्घोष सम्वाददाता
३१ साउन २०८१, बिहिवार

भोजपुर, ३१ साउन । जिल्लाका पशुपलक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् ।

व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।

भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी  १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बङ्गुरबाट व्यावसायिक रूपमा सुरु गरेका बङ्गुरपालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन गराएको राससलाई बताए । 

किसान सुवेदीले पालेका बङ्गुर तराईका विभिन्न जिल्लासँगै काठमाडौँसम्म बिक्री हुन थालेपछि उनि उत्साहित भएका छन् । सबै खर्च कटाएर वार्षिक पाँच लाख आम्दानी हुने गरेको उनले बताए । 

स्थानीय जातको बङ्गुरभन्दा उन्नत जातको बङ्गुरबाट चाँडो आम्दानी लिन सकिने उनले बताए । उनले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बङ्गुर पालेका छन् ।

स्थानीय जातका बङ्गुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बङ्गुर एक सयदेखि एक सय ८० किलोम्म हुने गरेको छ । 

खेतबारीमा रमाउने किसान सुवेदीले बङ्गुरपालन मात्र होइन, फलफूलखेती पनि गरेका छन् ।

उनका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन् ।

यो याममा एभोकाडोबाट  पाँच लाख आम्दानी गर्ने लक्ष्य उनले सुनाए । स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा जोड दिएका छन् । 

यसैगरी भोजपुर नगरपालिका–९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बङ्गुरपालन सुरु गरेका छन् ।

उनले मोक्तान कृषि तथा पशुपालम फर्म दर्ता गरेर व्यवसाय थालेका हुन् ।  रासस
 

View : 146

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved