Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षासेवी अधिकारी दाजुभाइलाई मातृशोक

उद्‌घोष संवाददाता
२१ पुष २०८२, सोमवार

विराटनगर  । विराटनगरका स्थापित शिक्षासेवी एवं सामाजिक व्यक्तित्वहरू युवराज अधिकारी र शिव अधिकारीलाई मातृशोक परेको छ। सप्तकोशी आवासीय मावि मधुमाराका सञ्चालक युवराज अधिकारी र नमुना मावि मधुमाराका सञ्चालक शिव अधिकारीकी माता रमादेवी अधिकारीको ८४ वर्षको उमेरमा सोमबार दिउँसो काठमाडौंमा निधन भएको हो।

स्वर्गीय अधिकारीका छोरा युवराज अधिकारी कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान, कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा विराटनगर महानगर समितिका निवर्तमान अध्यक्ष समेत हुन् ।

कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान मोरङका उपाध्यक्ष माधव अधिकारीका अनुसार, स्वर्गीय रमादेवी अधिकारीको अन्तिम संस्कार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिने तयारी भएको छ।

अधिकारी परिवारमा परेको यस अपूरणीय क्षतिप्रति विराटनगरका शैक्षिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू  एवम् रोटरी क्लब विराटनगर  लगायतले  गहिरो दुःख व्यक्त गरेका छन्।

View : 286

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved