विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङघाटस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता भएका छन् ।
साउनेबाट कोशीमा पौडी खेल्न गएका रुद्र बहादुर मगरकी छोरी १२ वर्षीया रेखा मगर, केदार मगरको ९ वर्षीय छोरा रिदम मगर र मेहरमान मगरको १२ वर्षीय छोरा लोकबहादुर मगर सुनकोशीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आइतबार दिउँसो करिव साढे दुई बजेतिर नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएको जनाइएको छ । घटनापछि खोजीका लागि प्रहरी परिचालन भएको जनाइएको छ ।
बेपत्ता भएका बालबालिकासहित अरु पनि पौडी खेल्न गएका थिए ।
View : 573
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved