विराटनगर । विराटनगरमा योगको महत्त्व र अभ्यासलाई विस्तार गर्ने उद्देश्यका साथ पतञ्जली योग समितिले दुईवटा योग शिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। यी तालिमहरूले स्थानीय स्तरमा योग प्रशिक्षक उत्पादन गर्दै स्वस्थ समाज निर्माणमा टेवा पुर्याउने विश्वास गरिएको छ।
पतञ्जली योग महानगर समिति विराटनगर र बजरंगबली योग साधना केन्द्र विराटनगर–२ को संयुक्त आयोजनामा ३०औँ सह–योग शिक्षक तालिम बिहीबार (आज)देखि सुरु भएको छ ।
पतञ्जली योग महानगर समिति विराटनगरकी अध्यक्ष शिल्पा प्याकुरेलेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पतञ्जली योग समिति मोरङ, महिला पतञ्जली योग समिति मोरङ र महिला पतञ्जली योग महानगर समिति, विराटनगरका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसले योगप्रतिको सामुदायिक प्रतिबद्धता र सहकार्यलाई उजागर गरेको छ।
विराटनगर– १ मा तेस्रो योग शिक्षक प्रशिक्षण सुरु
यसैगरी, विराटनगर–१ स्थित त्रिवेणी वाचनालयमा बुधबारदेखि १५ दिने सह–योग शिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ। महिला पतञ्जली महानगर समितिले आयोजना गरेको यो तेस्रो प्रशिक्षण शिविर हो।
वाचनालयकी संयोजक पार्वती घिमिरेको पहलमा सुरु भएकोसो प्रशिक्षणमा २२ जना सहभागी छन् । तालिम लिनेछन्। कार्यक्रमको उद्घाटन गर्दै वडा नं १ का वडाध्यक्ष काजीबहादुर बस्नेतले वडालाई योगमय बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पतञ्जली योग समिति मोरङका अध्यक्ष सुरेश अग्रवाल, महिला पतञ्जली योग समिति मोरङकी उपाध्यक्ष शारदा थापा, पतञ्जली योग समिति मोरङका महासचिव ऋषि खतिवडा, महिला पतञ्जली योग समिति मोरङकी पूर्व अध्यक्ष बिनु सापकोटा लगायतले शुभकामना दिएका थिए। पहिलो दिनको कक्षा महिला पतञ्जली योग समिति महानगर समितिकी अध्यक्ष कुमारी तामाङले सञ्चालन गरेकी थिइन्।
View : 714
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved