Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

उद्घोष सम्वाददाता
१० मंसिर २०८१, सोमवार

काठमाडौँ, १० मङ्सिर । सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य घटेको छ ।

आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सयमा कारोबार भएकामा आज घटेर प्रतितोला एक लाख ५१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार नौ सय ६० मा कायम भएकामा आज घटेर आज एक हजार आठ सय ४५ कायम भएको छ । प्रतितोला एक सय १५ घटेको हो ।

सुन आयातमा २० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई घटाएर १० प्रतिशत बनाइएको छ । त्यस्तै, चाँदीको १५ प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई पनि पाँच प्रतिशत बिन्दुले घटाएर १० प्रतिशत कायम गरिएको छ ।

उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले भन्सारदर घटाएको थियो । रासस

View : 28

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved