विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले ८१६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
साहुका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ७९४ मत प्राप्त गरे । नेकपा एमालेका शन्तु उरावले ७७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिता कुमारी उरावले ८७ मत प्राप्त गरिन् ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योग नारायण ऋषिदेवले १२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले तीन मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
यहाँ यसअघि एमालेबाट निर्वाचित वडाध्यक्ष षडानन्द उराँवले ७१२ मत ल्याएका जितेका थिए । उनको निधनपछि उपनिर्वाचन भएको हो ।
View : 237
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved