विराटनगर । खेलकुदको बिकास र प्रबद्र्धनका लागि कोशी प्रदेश प्रहरी खेलकुद समिति र डीएन ग्रुप अफ कम्पनी प्रालिबीच सम्झौता नवीकरण भएको छ ।
बिहीबार कोशी प्रदेश प्रहरी खेलकुद समितिको तर्फबाट प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ र डीएन ग्रुपका तर्फबाट प्रोप्राइटर दीपक काफ्लेले सम्झौता नवीकरण पत्रमा हस्ताक्षर गरेका हुन् ।
कोशी प्रदेश प्रहरी खेलकुद समिति अन्तरगत रहेका खेलकुद प्रशिक्षक एंव खेलाडीहरुको दुर्घटना बीमा, खेलकुद सम्वन्धी आवश्यक सामग्रीहरु र खेलाडीहरुको लागि आवश्यक अतिरिक्त पोषणयुक्त खाजाको प्रायोजनका लागि डीएन ग्रुपले ५ लाख ५० हजार रकम उपलव्ध गराउने सम्झौता गरेको थियो ।
सो अनुसार कम्पनीका प्रोप्राइटर काफ्लेले उक्त बराबरको बैंक चेक प्रहरी नायव महानिरीक्षक खापुङलाई हस्तान्तरण गरे ।
View : 65
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved