Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

कुम्भ मेलामा ज्येष्ठ नागरिकलाई सकस

उद्‌घोष सम्वाददाता
२ वैशाख २०८१, आइतवार

विराटनगर । सुनसरीको चतराधाममा जारी १२ वर्षे महाकुम्भ मेलाको अव्यवस्थाका कारण हैरानी व्यहोरेर निराश हुँदै फर्कनुपरेको कतिपय भक्तजनहरूले गुनासो  गरेका छन् । कुम्भ स्थलसम्म जाने सवारी साधनहरूलाई धेरै टाढा रोकेर हिंडनु पर्दा  ज्येष्ठ नागरिक र अशक्तहरूलाई असहज हुने गरेको पाइएको छ । 

आइतबार विराटनगरबाट कुम्भ मेला गएका वरिष्ठ समाजसेवी एवं ज्येष्ठ नागरिक दीनबन्धु गोयल र गोविन्द झुनझुनवाला कुम्भस्थलसम्म नपुगी फर्किन बाध्य भए । कुम्भस्थल भन्दा टाढैदेखि प्रहरीले गाडी रोकिदियो । 

त्यसपछि सिटी रिक्सामा भित्र जान खोज्दा भित्र जान दिइएन र दुवै जना कुम्भस्थल नपुगी बाटैबाट फर्किर्एको उनीहरूले बताए ।

गोयलले शनिबार मात्रै महाकुम्भ मेला आयोजक समितिलाई १ लाख ११ हजार चन्दा दिएका थिए । त्यहाँको अव्यवस्था देखेर निराश हुँदै फर्किन बाध्य भएको गोयलको भनाइ छ । 

यातायातका साधनहरूलाई एकतर्फी गरेर भए पनि भक्तजनहरूलाई दर्शन गर्न र कुम्भ स्नान गर्न सहज बनाउनुर्ने उनको सुझाव छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले मेलामा सोचे जस्तो भिड नजुटेको बताए । 

कुम्भ मेलामा सुरक्षामा खटिएका प्रहरीहरूलाई मेला आयोजक समितिले सुत्ने र बस्ने ठाउँ पनि नदिएको बताइएको छ । 

बाह्रवर्षे सो महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले गत चैत २७ गते उद्घाटन  गरेका हुन् । महाकुम्भ मेला एक महिनासम्म लाग्ने छ ।

View : 230

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved