विराटनगर । विराटनगर–७ स्थित बाल मन्दिर आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा किरण आचार्य चयन भएका छन् । विराटनगर–७ का आचार्यको अध्यक्षतामा सात सदस्यीय व्यवस्थापन समिति सर्वसम्मत गठन भएको हो ।
व्यवस्थापन समितिको सदस्यहरूमा आशिका कर्ण, रूपम मल्लिक, प्रभा आचार्य, सरोज राम, मञ्जु अधिकारी सदस्य चयन छन् ।
त्यस्तै व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिबाट दिलीप कोइराला, वडा कार्यालय प्रतिनिधिमा वडाध्यक्ष मधुबाबु तिवारी चयन भएको प्रधानाध्यापक ऋषि खतिवडाले जानकारी दिए ।
View : 94
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved