विराटनगर : विराटनगर महानगरपालिकाले कृषक समूहलाई उन्नत जातको गहुा र मकैको बिउ वितरण गरेको छ । महानगरले सशर्त कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुा र मकैको बीउ वितरण गरेको हो ।
सोमबार आयोजित एक समारोहका बीच कृषक समूहका अध्यक्ष र प्रतिनिधिहरुलाई बीउ वितरण गरिएको हो । कृषि विकास शाखा प्रमुख खगेश्वर तिम्सिनाका अनुसार खाद्यान्न बालीको बीउ उपयोगमा अनुदान कार्यक्रमअन्तर्गत १४ हजार ६ सय केजी विजय जातको गहुाको बीउ वितरण गरिएका हो ।
कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेलगाययतले कृषकलाई बीउ वितरण गरेका थिए ।
View : 290
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved