Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा ‘नारी उत्सव’ को तयारी

उद्‌घोष सम्वाददाता
९ भदौ २०८१, आइतवार

विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यमी समितिले हरितालिका तीजको अवसरमा विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गर्ने भएको छ ।

कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहकार्यमा भदौ १४ देखि १६ गतेसम्म हुने उत्सवमा महिला उद्यमीहरुले उत्पादन गरेका घरायसी वस्तुको प्रदर्शनी गरिने छ ।

महिला उद्यम समितिकी संयोजक श्रुति शर्माले घरेलु उत्पादनलाई बजारीकरणमा मद्दत पुर्‍याउने उद्देश्यले नारी उत्सव आयोजना गरिएको बताइन् ।

उत्सवमा सबै प्रकारका स्थानीय औद्योगिक/व्यावसायिक उत्पादनहरुसमेत प्रदर्शन गरिने छ । विराटनगरको सिटी पार्टी प्यालेसमा आयोजना गरिने उत्सवमा करिब ६० वटा स्टल रहने छन् । 

त्यसैगरी उत्सवमा १८ वर्ष माथिका महिलाहरुका लागि तीज क्वीन २०८१ प्रतियोगिता र विभिन्न कलाकारहरुबाट सांगीतिक कार्यक्रम आयोजना गरिने संयोजक शर्माले जानकारी दिइन् ।

नारी उत्सवको उद्घाटनका अवसरमा मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसी र मिस नेपाल सुमना केसीलाई पनि आमन्त्रण गरिएको जनाइएको छ ।

View : 200

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved