Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

मिस मंगोल नेपाल–२०२४ मा पूर्वकै वर्चश्व

उद्‌घोष संवाददाता
२७ साउन २०८१, आइतवार

विराटनगर । मिस मंगोल नेपाल २०२४ को उपाधि खोटाङकी २३ वर्षीया एन्जल राईले जितेकी छन् । यो सिजनको अधिकांश उपाधि पूर्वका प्रतिष्पर्धी मंगोल सुन्दरीहरूले हात पारेका छन् ।

फस्ट रनरअप पाँचथरकी बिपीका लिम्बू भइन् । त्यसैगरी सेकेन्ड रनरअप बाराकी शाहिशा राई बनिन् ।

प्रतिष्पर्धाको मिस पर्सनालिटी सङ्खुवासभाकी मेन्दा ल्याह्मु शेर्पा, मिस मंगोल कोशी भोजपुरकी मिश्रा राई, मिस मंगोल मधेश बाराकी शाहिशा राई, मिस मंगोल बागमती रामेछापकी मञ्जु तामाङ, मिस मंगोल गण्डकी पूर्व नवलपरासीकी स्मारिका थापा र मिस मंगोल लुम्बिनी बर्दियाकी काजोल थारू बनेका छन् । 

एक्सन इन्टरटेनमेन्टको आयोजना तथा प्रभु बैंकको प्रयोजनमा नेपाल आदिवासी जनजाति महासंघसँगको सहकार्यमा रिडी ग्रुपको प्रस्तुति रहेको प्रतियोगितामा वरिष्ठ चलचित्र निर्देशक एवं अभिनेता नीर शाह, संस्कृतिविद् डा. भक्त राई, हास्य कलाकार मनोज गजुरेल, पूर्व मिस मंगोल जाङ्मु इन शेर्पा, शिक्षासेवी एवं प्याजेन्ट कोच पूर्ण लामा र स्टाफ कलेज पुल्चोकका डेपुटी डाइरेक्टर शिवहरि अधिकारी निर्णायक रहेका थिए ।

प्रतियोगितामार्फत नेपाली संस्कृतिको संरक्षण र सम्वर्द्धन, प्रतिभाहरूको खोजी र सम्मान गर्ने उद्देश्य पुरा भएको कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले बताएका छन् । फिनालेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्‌घाटन गरेका थिए ।

View : 435

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved