Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ज्यान मुद्दाका फरार प्रतिवादी २१ बर्षपछि पक्राउ

उद्‌घोष संवाददाता
५ साउन २०८२, सोमवार

विराटनगर । संखुवासभामा प्रहरीले कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई २१ बर्षपछि पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक राम कुमार लामिछानेका अनुसार अहिले ६२ बर्ष पुगिसकेका चैनपुर–९ का शम्सेर बहादुर तामाङ पक्राउ परेका हुन् । प्रहरीले उनलाई सोमबार पक्राउ गरेको जनाएको छ ।

२०६१ चैत २२ मा भोजपुरको जरायोटार–४ बस्ने ३६ वर्षीय पर्शुराम विकको कर्तव्य ज्यान सम्बन्धि घटनामा संलग्न रहेको आरोपमा पुनरावेदन अदालत धनकुटाबाट २०६९ जेठ १७ गतेको फैसला अनुसार दुई बर्ष कैद सजाय ठहर भएका तामाङ घटनापछि फरार भएका थिए । 

फरार अभियुक्त खोजीको अभियान अन्तरगत विभिन्न स्थानमा लुकिछिपी बसेर केहि दिनदेखि गाँउघरमै आई बसिरहेको सूचना पाएपश्चात प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका तामाङलाई संखुवासभा जिल्ला अदालत चैनपुरमा पेश गरिएको र अदालतबाट सोमबार नै कैद भुक्तानका कारागार कार्यालय खाँदबारी संखुवासभामा चलान गरिएको प्रहरी निरीक्षक लामिछानेले बताए ।

View : 364

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved