Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण

उद्‌घोष संवाददाता
२० कार्तिक २०८१, मङ्गलवार

मोरङ, २० कात्तिक । नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्‌मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गरेका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र मंगलबार त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई आज हस्तान्तरण गरिएको छ । 

विभागका प्रमुख कुन्दन आर्यालयलाई स्वर्गीय घिमिरेकी कान्छीबुहारी दुर्गा घिमिरेले उक्त यन्त्र हस्तान्तारण गरेका हुन् ।

पूर्वराज्यमन्त्री घिमिरेले २०१५ को आम निर्वाचनमा पर्चा, ‘पोस्टर’ छाप्न भारतको कोलकाताबाट खरिद गरी विराटनगरको रङ्गेली रोडमा पायोनियर प्रिन्टिङ प्रेस २०१४ स्थापना गरेकाे वरिष्ठ पत्रकार मोहन भण्डारीले बताए । 

त्यस अवसरमा आमसञ्चार विभाग प्रमुख अर्यालले यन्त्रका माध्यमबाट छापाखानाको इतिहासबारे ज्ञान प्राप्त गर्न विद्यार्थी तथा शोधकर्तालाई सहयोग पुग्ने बताए । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले उक्त यन्त्र छापा पत्रकारिताको जीवन्त इतिहास झल्काएको बताए ।

मावअधिकारीकर्मी सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, प्राध्यापक कृष्ण पोखरेल, महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामअवतार शरण, दिनेश श्रेष्ठलगायतले मुलुकको प्रमुख व्यापारिक केन्द्रमध्येको एक विराटनगरमा छापाखानाको विकासक्रमका साथै जटिल समयमा पर्चा, समाचारलगायत पाठ्यसामग्री छापेर छापा पत्रकारिताको विकासमा योगदान गरेको चर्चा गरे ।

View : 298

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved