Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

भोजपुरे साकोसले गर्यो साधारणसभा

उद्‌घोष संवाददाता
२२ भदौ २०८२, आइतवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

साधारणसभाको उदघाटन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश कोइरालाले सुन्दरहरैंचा  धेरै सहकारी भएको नगर भएकाले सहकारीहरूको गुणस्तरीय प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले सञ्चालक समितिको प्रतिवेदन र कोषाध्यक्ष यशोदा धमालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै लेखा संयोजक बिनोदकुमार चापागाईँले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत र सचिव राजेन्द्र कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

साधारणसभामा जेष्ठ सदस्य, उत्कृष्ट अनिवार्य मासिक बचत, उत्कृष्ट ऐच्छिक बचत, उत्कृष्ट बाल बचत गर्नेलाई पुरस्कार तथा सम्मानित गरिएको थियो ।

कार्यक्रममा दर्शनाचार्य (एमफिल) सम्मान प्रितिका बस्नेत, स्नातकोत्तर गर्ने माया देवान तथा गरिया अधिकारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

View : 193

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved