Biratnagar, Morang, Nepal
२४ चैत २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

छाला उद्योग बन्द गर्न आयोगको सिफारिस

उद्‌घोष सम्वाददाता
१५ असोज २०८१, मङ्गलवार

विराटनगर । युनाइटेड लेदर (छाला) उद्योगले प्रदूषण फैलाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन गरी उद्योग बन्द सिफारिस गरेको आयोगका कोशी प्रदेश कार्यालय प्रमुख वीरबहादुर बुढामगरले बताएका छन् ।

इन्सेक कोशी प्रदेश कार्यालयले सोमवार विराटनगरमा आयोजना गरेको मानव अधिकार सहायता कक्ष पुनर्गठन तथा पुनर्तार्जगी छलफल कार्यक्रममा बुढामगरले नागरिकलाई संविधानले स्वच्छ वातावरणको हक प्रदान गरेकाले सोही हक कार्यान्वयनका लागि छाला उद्योग बन्द गर्न सिफारिस गरिएको बताए ।

दुहवी नगरपालिका–६ स्थित युनाइटेड लेदर (छाला) उद्योगले प्रदूषण फैलाएको विषयमा अनुगमन गरेर बन्द गर्न सिफारिस गरिएको बुढामगरले बताए ।

छाला उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले विरोधसहित प्रदर्शन र धर्ना गरेपछि आयोगले स्थलगत अनुगमन गरेको थियो । छाला उद्योगले प्रदूषण फैलाएको बारेमा इन्सेक कोशी प्रदेश कार्यालयले समेत अनुगमन गरेको थियो ।

मानव अधिकार सहायता कक्ष पुनर्गठन तथा पुनर्ताजगीमा बोल्दै आयोग प्रमुख बुढामगरले मानव अधिकार आयोगले मानवअधिकार उल्लङ्घनका घटनाका पीडितलाई सहयोग गर्दै आएको बताए । 

इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक सोमराज थापाले मानव अधिकार सहायता कक्षमार्फत पीडितहरूलाई सहयोग पुर्‍याउँदै आएको बताए । 

मानव अधिकार सहायता कक्षमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिको सिफारिसका आधारमा मानव अधिकार रक्षकलाई आर्थिक सहायता प्रदान गरिदै आएको छ ।

View : 148

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved