Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

योगेशको प्रश्न : हिक्मत हटाउने नाममा किन रडाको ?

उद्‌घोष संवाददाता
१९ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशको मुख्यमन्त्रीबाट हिक्मत कुमार कार्कीलाई हटाउने नाममा पार्टीभित्र रडाको मच्चाउन खोजिएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली लक्षित गर्दै उनले अन्य प्रदेशमा मुख्यमन्त्री कायम रहने तर कोशी प्रदेशमा भने ‘हिक्मत कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो ?’ भन्दै प्रश्न गरेका हुन् । 

उपमहासचिव भट्टराईले कसैलाई बनाउनु परे पनि उचित कारण र तर्क सहित पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेशको पार्टी कमिटी र संसदीय दलमा छलफल गरेर टुंग्याउनु सुल्टो बाटो हुने बताए । तर अहिले त्यो ‘सुल्टो बाटो किन नहिडेको होला ?, नेतृत्वका उचित बाध्यता थिए भने हामीले पनि समझदारी राख्थ्यौ होला नि ?’ भन्दै अर्को प्रश्न गरेका हुन् ।

उनले यही काम समझदारीका साथ पारदर्शी ढंगले गर्न सकिने भएपनि साटसुट र ठोकठाक पाराले गर्न खोजिएको टिप्पणी गरेका छन् ।

उपमहासचिव भट्टराईले पार्टीभित्र एकजनाका लागि एउटा र अर्कोका लागि अर्को मापदण्ड बनाउन खोजिएको आरोप लगाए । 

अन्तिममा उनले भनेका छन्– ‘प्रदेश सरकार र मुख्यमन्त्रीको मामला गिजोलेर के पौरख गर्न खोजको हो ? बेला नकुबेला......भनेझै ?’

View : 164

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved