Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी सरकारको प्रवक्तामा पराजुली

उद्‌घोष संवाददाता
२५ पुष २०८२, शुक्रवार

विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्तामा आन्तरिकमामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली तोकिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पराजुलीलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

प्रवक्ता पराजुलीका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषद्को कार्यसम्पादनमा राय सुझाव, सल्लाह र मन्त्रिपरिषद्लाई सहयोग गर्न तीनवटा समिति गठन गरेको छ ।

पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति, आन्तरिकमामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको संयोजत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवारको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन भएको जनाइएको छ ।

मन्त्रिपरिषद्ले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधनसमेत गरेको प्रवक्ता पराजुलीले बताए ।

View : 161

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved