Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश मन्त्रिपरिषद् बैठक

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देल

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा हाललाई सामाजिक विकास मन्त्रालयका उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको छ ।

शुक्रबार विहान बसेको मन्त्रिपरिषद् बैठकले नियमित सदस्य सचिव नियुक्त नभएसम्मका लागि सिग्देललाई कामकाजको जिम्मेवारी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

बोर्डको सदस्य सचिव पद गत असोज २४ गतेदेखि रिक्त रहेको छ । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा आसमान तामाङलाई पदस्थापन गर्ने समेत निर्णय गरेको छ ।

View : 169

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved