Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

सरस्वती पूजामा प्रतियोगिताहरू सम्पन्न

उद्‌घोष संवाददाता
२८ माघ २०८०, आइतवार

Advertisement

विराटनगर । विराटनगर–७ को सरस्वती टोलमा अवस्थित सरस्वती मन्दिरले सरस्वती पूजाको पूर्वसन्ध्यामा शनिबार केही प्रतियोगितात्मक कार्यक्रमहरू भएका छन् ।

पूजनोत्सव समारोह मुल समितिका संयोजक नारायणप्रसाद पोखरेलका अनुसार बिहान रमपम सडक दौड प्रतियोगिता, अन्तरविद्यालय रमपम हाजिरी जवाफ प्रतियोगिता, अन्तरविद्यालय रमपम चित्रकला प्रतियोगिता, स्थानीय मातृशक्तिहरूको म्यूजिकल चियर र हाँडिफोर प्रतियोगिताहरू सम्पन्न भएका हुन् ।

उनका अनुसार रमपम हाजिरिजवाफ प्रतियोगितामा आदर्श माध्यमिक विद्यालयका अमन ऋषिदेव, सौगात पोखरेल र सम्वृद्धी पोखरेलको समूह प्रथम भएको छ । त्यसैगरी सोही विद्यालयका संयोग भट्टराई, स्पन्दन आचार्य र प्रिती रोहिता द्वितीय भएका छन् । त्यसैगरी सगरमाथा सेकेन्डरी बोर्डिङ्ग स्कूल आर्यनजङ्ग बस्नेत, प्रीतम दास र लिजा थापाको समूह तृतीय भएको छ ।

यसैगरी चित्रकलातर्फ सारिका साह–सेण्टजोसेफ स्कुल, सूर्यदेव ठाकुर–बूढानीलकण्ठ  स्कुल, सुमित राय–बालबाटिका स्कुल, आकाश मण्डल–सत्यनारायण स्कुल, दीपशिखा सोनी–सेण्ट मेरिज स्कुल, रानी राजवंशी–वालवाटिका स्कुल सर्वोत्कृष्ट भएको पूजनोत्सव समारोह मुल समितिका संयोजक पोखरेलले जानकारी दिए ।

View : 447

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved