Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

एमबीएस एक्स्पोमा ‘बोट’ का एयरडब्सदेखि स्पिकरसम्म अफर मूल्यमा पाइने

उद्घोष सम्वाददाता
१३ पुष २०८०, शुक्रवार

विराटनगर । भारतको १ नम्बर वेयरेबल ब्राण्ड ‘बोट’ का उत्पादनहरु विराटनगरमा जारी एमबीएस एक्स्पोमा अफर मूल्यमा बिक्री हुने गरेको छ । एयरडब्स, स्मार्टवाच, नेक ब्याण्ड, इयरफोन, चार्जरदेखि स्पीकरसम्म २५ वटा बढि वेयरेबल ब्राण्ड उत्पादन गर्दै आएको बोटले एक्स्पोको स्टलबाट अफर मूल्यमा सामग्रीहरु विक्री वितरण गर्दै आएको हो ।

बोट भारतको तेस्रो ठुलो वेयरेबल ब्राण्ड हो । यसले सुन्नका लागि प्रयोग हुने र लगाउन मिल्ने विभिन्न प्रकारका विद्युतीय उपकरणहरु उत्पादन गर्दै आएको छ । सन् २०१३ देखि भारतीय बजारमा आफ्नो उपस्थिति जनाएको यस कम्पनी अहिले नेपालमा पनि नम्बर १ बन्ने लक्ष्यतिर अघि बढेको हो ।

कम्पनीका कोशी र मेची एरिया इन्चार्ज करण माझीका अनुसार स्मार्ट वाचको बजारमा कमै पाइने एमोलेड डिस्प्लेयुक्त स्मार्ट वाच भर्खरैमात्रै बजारमा ल्याएर उत्कृष्ट रिभ्यु पाइरहेको बताए । उनले कमैमात्र स्मार्ट वाचमा यस्तो सुविधा हुने र बोटले ल्याएको उक्त स्मार्ट वाच उत्कृष्ट बन्नेमा विश्वास रहेको बताए ।

हाल वेयरेबल ब्राण्डमा बोटले नेपालमा मूल्य प्राप्तिका हिसाबले पहिलो नम्बर ओगटिसकेको दाबी गरे । बोटका सवै उत्पादनहरु अति नै आकर्षक, टिकाउ, भरपर्दो र वारेन्टीयुक्त रहेको जानकारी दिए ।

एक्स्पोबाहेक बोटका उत्पादन देशका सवै शहर बजारमा सजिलै किन्न सकिने जनाइएको छ । कम्पनीले एक्स्पोमा आफ्नो ब्राण्डको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखेर स्टल राखेको एरिया इन्चार्ज माझीले बताए । 

‘एक्स्पो अवधिभरी स्टलमा अफर मूल्यमा बोटका उत्कृष्ट हरेक उत्पादन किन्न पाइनेछ’ उनले भने, ‘आगामी दिनमा नेपालको पनि १ नम्बर वेयरेवल ब्राण्ड बनाउन यो अवसर महत्वपूर्ण हुनेछ, हाम्रो मुख्य उपस्थिति नै ब्राण्ड प्रवर्द्धन गर्नु रहेको छ ।’ 

उनले एक्स्पोको अन्तिम दिन एवं अंग्रेजी नयाँ बर्षमा थप अफरहरु ल्याउने पनि योजना रहेको जानकारी दिए ।

View : 65

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved