विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित रेमिट बचत तथा ऋण सहकारी संस्थाले ३८ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । शनिबार आयोजित १२ औं वार्षिक साधारण सभामा सहकारीकी अध्यक्ष उमा घिमिरेले १५
करोड ३५ लाख ४७ हजार १६९ रुपैयाँ ८९ पैसा निक्षेप संकलन भएको बताइन् । उनले ३८ लाख ४ हजार ४९७ रुपैयाँ ५० पैसा नाफा आर्जन गरेको साधारण सभामा बताइन् ।
आर्थिक वर्ष २०८१÷०८२ मा निक्षेप बढाएर १८ करोड ५० लाख पु¥याउने लक्ष्य राखेको उनले बताइन् । उनले सहकारीको शेयर पुँजी ३ करोड ५६ लाख २६ हजार ६ सय रुपैयाँ रहेको जानकारी दिइन् । आर्थिक वर्ष २०८१÷०८२ मा शेयर पुँजी ४ करोड पुर्याउने लक्ष्य रहेको उनले बताइन् ।
सहकारीले धितोमा २० लाखसम्म र जमानी धितोमा ५ लाखसम्म ऋण लगानी गर्ने गरेको जनाइएको छ । हाल रेमिट सहकारीमा १ हजार ७५० महिलासहित ३ हजार शेयर सदस्य रहेका छन् ।
साधारण सभामा लेखा समितिकी सदस्य निर्मला आचार्यले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सोही अवसरमा कोशी प्रदेश सभा सदस्य ललिताकुमारी चौधरीले गरिबहरूको साहारा बनेर सहकारीले काम गर्नुपर्ने बताइन् । साधारणसभाको उद्घाटन गर्दै सासंद चौधरीले बचतकर्ताले आवश्यक परेको बेलामा सजिलै पैसा लिन सक्ने गरी सहकारीले काम गर्नुपर्ने बताइन् ।
‘बैंकले गरिबलाई पत्याउँदैन, थोरै रकम राख्नको लागि पनि समस्या हुन्छ’, उनले भनिन्, ‘सहकारीमा ५०÷१०० जम्मा गरेर राख्न सकिन्छ, आवश्यक परेको बेला निकाल्न र ऋण समेत सजिलै पाउन सकिन्छ ।’
साधारणसभाको अवसरमा सहकारीले ज्येष्ठ सदस्यहरू लिलानाथ खतिवडा, इन्द्रलाल खाँ र पार्वतीदेवी कोइरालालाई सम्मान गरेको छ ।
असल बचतकर्तामा गोपालप्रसाद खतिवडा, असल ऋणीमा सावित्रादेवी बराल र कमल साह सम्मानित भए ।
एसईईमा उत्कृष्ट अंक ल्याएर उत्र्तीण हुने शेयर सदस्यका सन्ततीहरू अनुस्कृति खतिवडा र युगेश खनाल पनि सम्मानित भएका छन् ।
सहकारीले हरेक वर्ष प्रदान गर्ने सहकारी पत्रकारिता पुरस्कार पत्रकार चीना थापालाई प्रदान गरेको जनाइएको छ ।
View : 51
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved