Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सुन्दरहरैंचामा स्वतन्त्र नागरिक समाज गठन

उद्‌घोष संवाददाता
१९ साउन २०८२, सोमवार

सुन्दरहरैंचा । सामाजिक क्षेत्रका क्रियाशील रहने प्रतिवद्धतासहित मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्वतन्त्र नागरिक समाजको संस्था गठन भइ आपनो गतिविधि शुरू गरिएको छ । 

शनिबार आयोजित एक कार्यक्रममार्फत स्वतन्त्र नागरिक समाज, सुन्दरहरैंचाको औपचारिक उद्घाटन गरिएको हो ।

ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा समाजका अध्यक्ष नेत्रप्रसाद चौलागाईंले संस्थाको उद्देश्य तथा भावी योजनाहरूको बारेमा जानकारी दिएका थिए ।

संस्थाले समाजमा फैलिएका बेथिति, अनियमितता र भ्रष्टाचारविरूद्ध सशक्त आवाज उठाउने उनले बताए । शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतका सामाजिक सेवाका क्षेत्रमा पनि  संस्थालाई क्रियाशील बनाइने उनले जानकारी दिए ।  

अध्यक्ष चौलागाईले भने, ‘स्वतन्त्र नागरिक समाजले सामाजिक सेवा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका विविध योजना बनाएको छ ।’

संस्थाको अध्यक्षमा चौलागाईंसहित उपाध्यक्षमा मोहनप्रसाद ढकाल, सचिव नवीन दाहाल, कोषाध्यक्ष निर्मला बजगाई र सहसचिव लिला बिष्ट छन् ।

सदस्यहरूमा नरबहादुर गुरूङ, मानबहादुर श्रेष्ठ, अर्जुन भुजेल, तारा श्रेष्ठ, दीपक रिजाल, विष्णु पोखरेल लगायत छन् ।

संस्थालाई व्यवस्थित तथा पारदर्शी बनाउँदै लैजाने उद्देश्यले संस्थाको विधानको परिधिभित्र रही साधारण र आजिवन सदस्यहरू विस्तार गरिने संस्थाले जनाएको छ । 

संस्थाको केन्द्रीय कार्यालय हाल सुन्दरहरैंचा–३ गछियामा रहेकोले भविष्यमा आफ्नै भवन बनाई यसलाई विस्तार गरेर  स्वतन्त्र नागरिक समाज सञ्चालन हुने बताइएको छ । 

कार्यक्रममा सहभागीहरूले जनताको हितमा काम गर्न सुझाव दिएका थिए ।

View : 390

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved