विराटनगर । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विराटनगर महानगरले समाजसेवालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन परम्परागत मुट्टीदान विधिलाई अनुकरण गरी कार्यान्वयनमा ल्याएको छ ।
सो कार्यका लागि हरेक महिना पूर्णिमाका दिन एक ठाउँमा भेला भई मुठ्ठी दान कार्यक्रम गर्दै आई उठेको सहयोग संकलन गरी आवश्यक परेकालाई सोही दिन वितरण गर्न समेत सुरु गरेको छ ।
यस अन्तर्गत यो महिनाको कार्यक्रम जेठ १० गते अध्यक्ष युवराज अधिकारीकै घरमा भई एकल महिलालाई वितरण गर्ने शनिबार बसेको महानगर समितिको वैठकले निर्णय गरेको हो । सो बैठकले आगामी असार १२ गते संयुक्त रुपमा गोठ पूजा गर्ने निर्णयसमेत गरेको महानगरका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीले बताए ।
समितिको निर्णयअनुसार विराटनगर–४ का बालानन्द अधिकारीको गाईगोठमा गोठधुप (गोठ पूजा) गर्ने निर्णय गरेको हो । बिगत बर्षबाट महानगरपालिका र छिमेकी गाउँपालिकाका बन्धुहरु भेला भइ आलोपालो गरी कुल पूजा गर्ने प्रचलन रहेको अध्यक्ष युवराज अधिकारीले बताए ।
बैठकले हालै कोशी प्रदेशको आन्तरिक मामला तथा कानून मन्क्रीमा नियुत्त भएका महानगर समितिका सल्लाहकार लीलाबल्लभ अधिकारीलाइ बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
View : 212
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved